शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेप्सेमा नौं अंकले गिरावट, आठ अर्ब ३२ करोडको शेयर कारोबार

मंगलबार, बैशाख ९ २०८२

काठमाडौं । नेप्से घटेको छ । अघिल्लो दिन सात दशमलव ७५ अंकले घटेको नेप्से आज मंगलबार पुन नौं दशमलव ९६ अंकले घटेर २६ सय ८८ दशमलव ३२ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ९१ अंकले घटेर चार सय ५१ दशमलव ८९ अंकमा पुगेको छ । तीन सय १९ वटा कम्पनीहरुको ७१ हजार छ सय ९४ पटकको कारोबारमा दुई करोड २५ लाख ५५ हजार सात सय १३ कित्ता शेयर खरिद किनबेच भएकोमा आज कुल कारोबार रकम रकम आठ अर्ब ३२ करोड १२ लाख ८२ हजार एक सय ८८ रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा १० वटा समुहहरुको सुचक घटेर तीन वटा समुहहरुको सुचक बढेका छन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १० दशमलव शुन्य पाँच अंकले घटेर १३ सय ५१ दशमलव १७ अंकमा पुगेको छ भने बिकास बैंक समुहको सुचक पनि ९१ दशमलव १४ अंकले घटेर पाँच हजार पाँच सय ६५ दशमलव ४७ अंकमा झरेको छ । यि बाहेक जलविधुत, फाईनान्स, लगानी, लघुवित्त, सामुहिक लगानी कोष, जीवन बीमा, निर्जीवन बीमा र व्यापार समुहको सुचक घटेका छन् । होटल तथा पयर्टन समुहको सुचक भने ५१ दशमलव ९१ अंकले बढेर छ हजार पाँच सय ५५ दशमलव ९७ अंकमा चढेकोमा उत्पादनमुलक र अन्य समुहको सुचक पनि क्रमशः ८४ दशमलव ३१ र ५२ दशमलव ३७ अंकले बढेकाछन् ।

नेप्सेमा आज नेपाल माईक्रो लाईफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी कमाउँदा कर्पोरेट डेभलपमेन्ट बैंकले सबैभन्दा बढी गुमाएको छ । ङादी ग्रुप पावर लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।