काठमाडौं वैशाख, २५–
धुर्मुस सुन्तली फाउण्डेसनलाई प्रेसिडेण्ट ग्रुप अफ होटेल प्रालिले ७५ हजार आर्थिक सहयोग गरेको छ ।
प्रेसिडेण्ट सेकुवाको ९औँ शाखा काठमाडौंको महाराजगञ्जमा उदघाटन कार्यक्रममा सो ग्रुपले ७५ हजार रुपियाँ सहयोग गरेको हो । उक्त समूहले सीताराम कट्टेल ‘धुर्मुस’लाई चेक हस्तान्तरण गरेको हो । प्रेसिडेण्ट ग्रुपका अध्यक्ष शंकर भण्डारीले धुर्मुसलाई चेक हस्तान्तरण गरेका हुन् ।
चितवनको भरतपुरमा धुर्मुस–सुन्तली फाउण्डेसनले निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्दै छ । अध्यक्ष भण्डारीले सोही अभियानलाई साथ दिन ७५ हजार रुपियाँ सहयोग गरिएको बताए ।
धुर्मुसले सहयोग रकम लिएपछि प्रेसिडेण्ट ग्रुप अफ होटेलबाट भएको सहयोगप्रति धन्यवाद व्यक्त गरेका थिए ।