बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

राष्ट्रपति र प्रधानमन्त्रीको फोटो जोडेर भ्रामक प्रचार गर्ने प्रधानाध्यापक पक्राउ

मंगलबार, बैशाख २४ २०७६

काठमाडौं वैशाख, २४–
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो जोडेर भ्रामक प्रचार गरेको अभियोगमा एक प्रधानाध्यापक पक्राउ परेका छन् ।  राष्ट्रपति र प्रधानमन्त्रीको फोटो बिगारेर  अपशब्दसहितको स्टाटस पोष्ट गर्ने मेलम्ची नगरपालिका–१३ स्थित फटकशिला माविका प्रध्यानाध्यापक इश्वरकुमार चौलागाईंलाई प्रहरीले पक्राउ गरेको हो ।  उनले सामाजिक सञ्जाल फेसबुकमा  राष्ट्रपति र प्रधानमन्त्रीको फोटो बिगारेर अपशब्दसहितको  भ्रामक प्रचार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।  अपराध महाशाखाले प्रक्राउ गर्ने आदेश दिएपछि चौलागाईंलाई पक्राउ गरी अपराध महाशाखामा पठाइएको गरेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।