बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

ग्लोबल आईएमई बैंकको तेस्रो त्रैमासिक नाफा एक अर्ब ८७ करोड

मंगलबार, बैशाख २४ २०७६

काठमाडौ वैशाख, २४–
ग्लोबल आईएमई बैंकले चालुु आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब ८७ करोड २१ लाख २५ हजार रुपैयाँ खुुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो मुनाफा एक अर्ब ४१ करोड २२ लाख ९२ हजार रुपैयाँ रहेको थियो ।
चुक्ता पुंजी १० अर्ब ३१ करोड पाँच लाख १५ हजार रुपैयाँ रहेको बैंकले चालुु आवको तेस्रो त्रैमासिक अवधिमा एक खर्ब १६ अर्ब ९४ करोड ३१ लाख ६५ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब तीन अर्ब १६ करोड ९७ लाख छ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा तीन अर्ब ७९ करोड ७७ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा शुन्य दशमलव ७६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।