बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एनबिआई र देवः विकास बैंकबीच सम्झौता

सोमबार, बैशाख २३ २०७६

काठमाडौं वैशाख, २३–
नेशनल बैंकिङ्ग ईन्स्टिच्यूट (एनबिआई) र देवः विकास बैंकबीच सम्झौता भएको छ । दुुबै संस्थाका प्रमुुखरुबीच वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढङ्गले दु्रत गतिमा विस्तार गर्ने सम्बन्धी एक समझदारीपत्रमा हस्ताक्षर भएको हो । 
साथसाथै बैंकमा कार्यरत कर्मचारीहरुलाई बिशिष्टिकृत बैंकिङ्ग प्रमाणीकरण प्रदान गर्ने हेतुले जानबी कोर्सको विषयमा पनि सम्झौता भएको छ । उक्त सम्झौतामा एनबिआईका तर्फबाट प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बा र देवः बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठले हस्ताक्षर गरेकाछन् । 
सम्झौता अनुसार एनबिआईले बनाएको वित्तीय साक्षरता सम्बन्धी मोबाइल एप्को संरचना र सुविधाहरु बारे देवः विकास बैंकका कर्मचारीहरुलाई विस्तृत जानकारी प्रदान गरिने छ । बैंकले आफ्ना नेपाल भरी रहेका शाखामा कार्यरत कर्मचारीहरुलाई एनबिआई मोवाईल एपको बारे ज्ञान दिलाई आ–आफ्नो ग्राहक माझ वित्तीय साक्षरता कार्यक्रमलाई सहजताका साथ  विस्तार गर्नको लागि अभिप्रेरित गर्नेछ । साथै बैंकले एनबिआई एप् मार्फत समाजका विभिन्न वर्गहरु जस्तै महिला समुह, किसान, रेमिट्यान्समा आश्रित परिवारहरु, शिक्षक शिक्षिकाहरु तथा विद्याथीहरुलाई वित्तीय साक्षरता बारे जानकारी गराउनेछ । यदि आवश्यक भएमा एनबिआईले बैंकहरुलाई विशेष छुटमा वित्तीय साक्षरता सम्बन्धी सचेतना कार्यक्रमको व्यवस्थापन पनि गर्नेछ । 
यसका अतिरिक्त सो बैंकमा कार्यरत कर्मचारीहरुलाई एनबिआईले बैंकिङ्ग कर्मचारीहरुलाई लक्षित गरी प्रदान गर्दै आईरहेको बिशिष्टिकृत बैंकिङ्ग प्रमाणीकरण जानबी कोर्स प्रदान गर्ने सहमति भएको छ । बैंकिङ्ग कर्मचारीहरुको क्षमता एवँ दक्षता अभिबृद्धि गर्ने प्रयास स्वरुप यो कोर्सको विकास गरिएको हो । बिशेष गरी सहायक तह देखी सहायक प्रबन्धक तह सम्मका कर्मचारीहरुलाई लक्षित गरी यो कोर्सको डिजाइन गरिएकोमा बैंकिङ्ग जगतबाट यो कोर्सको सम्बन्धमा राम्रो प्रतिक्रिया आई धेरै बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले यो कोर्स अध्ययन गरी लाभान्वित भैसकेको अवस्था छ । हाल सम्म एक हजार जना भन्दा बढी बैंकका कर्मचारीहरुले यो कोर्स उतिर्ण गरी जानवी प्रमाणपत्र प्राप्त गरिसकेका छन् ।