बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

विष्णुमति करिडोरको अतिक्रमण हटाउन डोजर चल्यो

सोमबार, बैशाख २३ २०७६

काठमाडौं वैशाख, २३–
नयाँ बसपार्कस्थित पुलसँगैको अतिक्रमण गरि बनाइएका ब्यापारिक तथा आसासीय टहरामा डोजर लगाएर भत्काईएको छ ।  जिल्ला प्रशासन कार्यालय र महानगरीय ट्राफिक प्रहरी महाशाखाको अगुवाईमा सोमबार विष्णुमति करिडोर खुला गराउन   अतिक्रमण गरी बनाइएका टहरा हटाइएको हो ।
यसले वालाजु, गंगोबु, समाखुशी लगायतका क्षेत्रमा हुने जाम लाई घटाउन सहयोग पुग्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए । यस्तै लामो दूरीको वसलाई सहज हुनेछ । नयाँ बसपार्क गेट अगाडि पनि ट्राफिक जाम धैर कम हुने उनको भनाइ छ ।

कालीमाटी, वालाजु, नेपालटार, बाँनियाटार, टोखा, झोर लगायतका क्षेत्रमा जाने साना सवारीलाई पनि सजिलो हुनेछ ।

पछिल्लो सयममा काठमाडौंमा सवारी व्यवस्थापनाका लागि विभिन्न प्रयास थालिएको छ । अनाधकीकृत रुपमा राखिएका टिकट काउन्टर हटाउने र पिक एन्ड ड्रप लागू गर्ने क्रम तीव्र पारिएको छ ।