शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

२०८२ साललाई नेप्सेको न्यानो स्वागत, २७ अंकले बढ्दा आठ अर्ब ५४ करोडको शेयर कारोबार

मंगलबार, बैशाख २ २०८२

काठमाडौं । नेप्सेले बिसं २०८२ साललाई न्यानो स्वागत गरेको छ । सो अनुसार नयाँ सालको आज पहिलो दिन मंगलबार नेप्से २७ दशमलव १४ अंकले बढेर २६ सय ८९ दशमलव २२ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव सात अंकले बढेर चार सय ५० दशमलव ५२ अंकमा पुगेको छ । तीन सय २० वटा कम्पनीहरुको ६९ हजार तीन सय ६४ पटकको कारोबारमा दुई करोड १८ लाख ४१ हजार ४७ कित्ता शेयर किनबेच भएकोमा कुल कारोबार रकम आठ अर्ब ५४ करोड ४३ लाख ५७ हजार आठ सय ८७ रुपैंयाँ कायम भएको छ ।

आज १३ वटा समुहहरुको शेयर कारोबार भएको मध्ये ११ वटा समुहहरुको सुचक बढेर सामुहिक लगानी कोष र व्यापार समुहको सुचक घटेका छन् । बाँणिज्य बैक समुहको सुचक सात दशमलव १८ अंकले बढेर एक हजार तीन सय ६२ दशमलव ३० अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ५० दशमलव ६१ अंकले बढेर तीन हजार चार सय ८० दशमलव ६९ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय १३ दशमलव ९२ अंकले बढेर १३ हजार तीन सय चार दशमलव २३ अंंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि एक सय ३४ दशमलव ४५ अंकले बढेर १२ हजार चार सय आठ दशमलव ६० अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त र अन्य समुहको सुुचक पनि बढेका छन् ।

नेप्सेमा आज कर्पोरेट डेभलपमेन्ट बैंकले सबैभन्दा बढी कमाउँदा बलेफी हाईड्रोपावर लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । बलेफी हाईड्रोपावर लिमिटेडको नैं आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।