शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

देशलाई कम्युनिष्टकरण गर्ने दाँउमा ओली सरकार

आइतबार, बैशाख २२ २०७६

काठमाडौं वैशाख, २२–
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान ओली सरकार देशलाई कम्युनिष्टकरण गर्ने अभियानमा लागिपरेको आरोप लगाएका छन् । आइतबार पार्टी कार्यालय सानेपामा दिवंगत नेता रामकृष्ण ताम्राकारको १३ औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेता पौडेलले सो कुरा बताएका हुन् । 
पार्टी भित्रको प्रसंगमा बोल्दै नेता पौडेलले  पार्टीलाई आन्तरिक रुपमा सबल बनाउन समयमा नै पार्टीको १४ औं महाधिवेशन गराउनुपर्नेमा जोड दिए ।  उनले काँग्रेसको सुनौलो भविष्यका लागि पनि पार्टीको महाधिवेशन र भ्रातृ तथा शुभेच्छुक संगठनहरुको अधिवेशनहरु गराएर नयाँ नेतृत्व चयन गर्नुपर्नेमा जोड दिए। वरिष्ठ नेता पौडेलले लोकतन्त्रको रक्षा र मुलुककै रक्षाका लागि पनि नेपाली काँग्रेसको पार्टी जीवनमा नयाँ जागरण अभियान संचालन गर्नुको विकल्प नरहेको उल्लेख गरे।