बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

जुवातास खेल्ने छ जना पक्राउ

आइतबार, बैशाख २२ २०७६

काभ्रे वैशाख, २२–
बनेपा नगरपालिका ६ रातोमाटेस्थित ज्ञान बहादुर लामाको घरबाट जुवातास खेलिरहेको अवस्थामा लामा समेत ६ जनालाई  नगद ७३ हजार ८ सय रुपैयाँ, १ बुक तास र १६ थान कौडा सहित शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ । 
जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।