बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सिद्धार्थ बैंकले ल्यायोे जीवन सुरक्षा बचत खाता

आइतबार, बैशाख २२ २०७६

काठमाडौं वैशाख, २२–
सिद्धार्थ बैंक लिमिटेडले जीवन सुरक्षा बचत खाता योजना सञ्चालनमा ल्याएको छ । बैंकले २६ लाख रुपैयाँको बीमा सुविधा सहितको जीवन सुरक्षा बचत खाता सञ्चालनमा ल्याएको हो ।  
अधिकतम ब्याजदरमा बचत सँगसँगै बीमा सुविधाको पनि फाइदा ग्राहकहरुलाई प्रदान गर्न यो योजना सञ्चालनमा ल्याएको बैंकले जानकारी दिएको छ । घरमा नै बसेर अनलाईनबाट समेत खोल्न सकिने यो खातामा २६ लाख रुपैयाँसम्मको बीमा योजना, नेपाल तथा भारतमा गरिने उपचार खर्च बीमा योजना, पूर्ण शारीरिक अशक्तता र दुर्घटना मृत्यु बीमा योजना, १८प्रकारका घातक रोगहरु विरुद्ध बीमा योजना र नेपालभर रहेका जुनसुकै बैंकको एटीएमबाट निःशुल्क रकम निकाल्न सकिने लगायतका बिशेषताहरु रहेकाछन् । 
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहँुच पु¥याउने उद्देश्यले बैंकले देशभर १५३ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा, १६१ एटिएम र  १,३०० भन्दा बढी पस मेसिनमार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।