काठमाडौं वैशाख, २१–
नेपाली जनप्रगतिशील मोर्चा क्षत्रीय समिति साउदी जेद्दाको भेला सम्पन्न भएको छ । चौथो अधिवेशन समिति संयोजक तिर्थ पाख्रिनको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले कैलाश मैनालीलाई अध्यक्ष, सन्देश बुढा मगरलाई सचिव र दुई सल्लाहकार सदस्य थप्ने गरेर ९ सदस्यीय समिति विस्तार गरिएको हो । उक्त भेलाका अध्यक्ष दिपेश परियारका अनुसार भेलामा बोल्दै प्रमुख अतिथि तिर्थ पाख्रिनले साउदीमा भएका तमाम मजदुरहरुको समयलाई निस्वार्थ भावनाले हेर्ने र पीडितलाई न्याय दिने एक मात्र संगठन नेपाली जनप्रगतिशील मोर्चा भएको प्रष्ट पारे ।
उनले नेपाली जनप्रगतिशील मोर्चा भएकोले साउदी अरब लगाएत संसारको जुन सुकै देशमा भएपनि सम्पुर्ण श्रमिक साथीहरुलाई मोर्चामा गोलबद्ध हुन उनले आग्रह गरे ।
‘नेपालको दलाल राज्य सत्ताले युवाहरुलाई रेमिट्यान्स भित्राउने मेसिन सम्झेर विदेश जानू बाध्य पारेका छन्, पाख्रिनले भने, ‘देशमा रोजगारीको कुनै ब्यवस्था नगर्ने वैदेशिक रोजगारीमा रहेका सम्पूर्ण युवाहरु नेपाल फर्केर विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीमा आवद्ध भएर देशलाई स्वाधीन राष्ट्र निर्माण गर्नुपर्ने बेला आएको छ ।’ उनले सम्पूर्ण युवावर्ग नेपाल फर्केर एकपटक देशको लागि बलिदान दिनु तयार हुनुपर्ने प्रष्ट पारे । (१३०)औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा सम्पुर्ण श्रमिक वर्गप्रति उनले हार्दिक शुभकामना समेत व्यक्त गरे ।
सो भेलाको अध्यक्षता गरेका दिपेश परियारले कार्यक्रम समापन गर्दै साउदी अरबमा हुने सबैखाले समस्याको अन्त्य नहुनुको कारण नेपाल सरकार र नेपाली राजदूतावास भएको बताए । उनले सरकार र राजदूतावासले खेल्नु पर्ने भूमिका र गर्नुपर्ने काम नगरेको कारण नेपाली श्रमिकहरुले समस्या झेल्नुपरेको दाबी गरे । पीडित व्यक्तिहरुले दिएको निवेदनको पूर्ण विचार र अवलोकन गर्न नसकेकाले पीडित मजदुरहरु पीडा माथि झन पडा खपेर बस्नुपर्ने बाध्यता भएको उनको भनाइ थियो । उनले सम्पुर्ण नव निर्वाचित समितिलाई सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका थिए । उक्त कार्यक्रमको सञ्चालन कैलाश मैनालीले गरेका थिए ।