बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

राष्ट्रिय सहकारी बैकद्वारा वीरगंजका दुुई उत्कृष्ट सहकारी सम्मानित

शनिबार, बैशाख २१ २०७६

पर्सा वैशाख, २१–
राष्ट्रिय सहकारी बैकको आयोजनामा सहकारी बैंक तथा सहकारी संघसंस्थाहरुबीच अन्तरक्रिया तथा सम्मान कार्यक्रम समपन्न भएको छ । रोयल पार्टी प्यालेशमा आयोजित कार्यक्रममा राष्ट्रिय सहकारी बैकले पर्सा जिल्लाबाट उत्कृष्ट सहकारीको रुपमा काम गर्ने दुईवटा सहकारीलाई सम्मान गरेको छ । 
पर्सा जिल्लाको राष्ट्रिय सहकारी वैक मार्फत काम गर्ने पर्सा जिल्लाका सहकारी मध्ये ओम शिवशक्ती पर्सा जिल्लामा उत्कृष्ट काम गरेवापत र नियमित कारोबार गरेबापत वीरगञ्ज बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई प्रदेश नम्बर २ का भुमि व्यवस्था तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले खादा ओढाई प्रमाण पत्र सहित सम्मान गरेको हो ।  
कार्यक्रममा सहभागीहरुले स्थानिय तहहरुमा सहकारी ऐनहरु बन्ने क्रममा रहेकाले उक्त ऐनहरु सहकारी मैत्रि, तथा कृषिलाई लक्ष्ति गरि कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका थिए । 
कार्यक्रमलाई सम्बोधन गर्दै भुमि व्यवस्था तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले हाम्रो ध्यान प्रदेशको उद्यमस्थल खेतीपाति तथा कृषि रहेकाले हाम्रो ध्यान कृषि मैत्रि सहकारी ऐन हुनुपर्नेमा रहेको बताएका थिए । उनले सहकारीहरु सच्चा कृष्कहरुका लागी उत्पादन मुलक समाग्रिमा लगानी गर्नुपर्नेमा जोड दिएका थिए ।  
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष ओमदेवी मल्ल, राष्ट्रिय सहकारी बैक अध्यक्ष देवि उप्रेति, राष्ट्रिय सहकारी बैकका सञ्चालक तथा प्रदेश नम्बर २ का संयोजक विश्वनाथ मण्डल, बैकका सञ्चालक ध्रुव नारायण यादव, पर्सा जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजेश पण्डीत लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण राष्ट्रिय सहकारी बैक वीरगंजका शाखा प्रमुख युवराज त्रिपाठीले गरेका थिए ।