बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

राष्ट्र बैंकले बित्तीय प्रणालीमा एक अर्ब ३० करोड रुपैयाँ पठाउने

शनिबार, बैशाख २१ २०७६

काठमाडौं वैशाख, २१–
नेपाल राष्ट्र बैंकले बित्तीय प्रणालीमा एक अर्ब ३० करोड ५५ लाख रुपैयाँ संस्थागत निक्षेपको रुपमा पठाउने भएको छ । राष्ट्र बैकका अनुसार आफ्नो बिभिन्न कोषमा रहेको रकम बिसं २०७६ जेठ १ गते देखि २०७७ बैशाख ३१ (तद्नुसार मे १५, २०१९ देखि मे १३, २०२०) सम्म अर्थात तीन सय ६५ दिनको मुद्दती निक्षेपरुपमा बैंकहरुमा राख्न लागिएको हो । 
यसरी राखिने कुुल रकमहरु मध्ये बाँणिज्य बैंकहरुमा एक अर्ब चार करोड ४४ लाख, बिकास बैंकहरुमा १९ करोड ५८ लाख र फाईनान्स कम्पनीहरुमा छ करोड ५३ लाख रुपैयाँ संस्थागत निक्षेप राख्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ । यसरी लगानी गरिएको रकममा प्रत्येक तीन, तीन महिनामा व्याज भुक्तानी दिनुुपर्ने र रकम लगानीको लागि सोमबार अपरान्ह तीन बजेसम्म प्रस्ताव पेस गर्नुुपर्ने राष्ट्र बैंकले जानकारी दिएको छ ।    
राष्ट्र बैंकका अनुसार रकम लगानी गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको हुुनुुपर्ने, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको हुुनुुपर्ने, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको हुनुुपर्ने, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा बीस प्रतिशत वा सो भन्दा बढी रहेको हुुनुुपर्ने सर्तहरु तोकिएका छन् ।