काठमाडौं । नेप्से बढेको छ । अघिल्लो दिन झण्डै चार अंकले घटेको नेप्से साताको चौंथो कारोबार दिन आज बुधबार नौं दशमलव ६६ अंकले बढेर २६ सय ७६ दशमलव २८ अंकमा अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ४४ अंकले बढेर चार सय ४६ दशमलव २२ अंकमा पुगेको छ । तीन सय १७ वटा कम्पनीहरुको ४५ हजार ९४ पटकको कारोबारमा एक करोड ७३ हजार आठ सय २२ कित्ता शेयर खरिद किनबेच भएकोमा आज कुल कारोबार रकम चार अर्ब ४८ करोड ४६ लाख लाख १९ हजार सात सय ४० रुपैंयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुँदा बाँणिज्य बैंक समुहको सुचक शुन्य दशमलव ५२ अंकले घटेर १३ सय ५९ दशमलव ३१ अंकमा पुगेको छ भने व्यापार समुहको सुचक पनि १९ दशमलव ११ अंकले घटेको छ । बिकास बैंक समुहको सुचक पनि २२ दशमलव ८९ अंकले बढेर पाँच हजार चार सय ५३ दशमलव १३ अंकमा पुुगेकोमा जलबिद्युत समुहको सुचक पनि छ दशमलव ६९ अंकले बढेर तीन हजार चार सय ४६ दशमलव १७ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ४० दशमलव ३१ अंकले बढेर १३ हजार तीन सय २५ दशमलव ९१ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि एक सय एक दशमलव ६३ अंकले बढेर १२ हजार तीन सय नौं दशमलव ८१ अंकमा चढेको छ । फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि बढेका छन् ।
नेप्सेमा आज नेपाल माईक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले सबैभन्दा बढी कमाउँदा सिन्धु बिकास बैंकले सबैभन्दा बढी गुमाएको छ । एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।