बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कटुवा पेस्तोलसहित भारतीय नागरिक पक्राउ

शुक्रबार, बैशाख २० २०७६

सिरहा वैशाख, २०–
प्रहरीले सिरहाबाट हतियारसहित एक भारतीय नागरिकलाई  पक्राउ गरेको छ । भारतीय नागरिक राजेशकुमार यादव बिहिबार भगवानपुर गाउँपालिका–४ स्थित दशगजा मिनीबजार नजिकबाट कटुवा पेस्तोल १ थान र पेस्तोलको खाली खोका १ राउण्ड सहित पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरी चौकी ठाडी र सशस्त्र प्रहरी बल, सिरहाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा  यादवलाई पक्राउ गरेको हो । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाईएको प्रहरीले जनाएको छ ।