बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

करोडौं नाफा हुँदा हुँदै निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

बिहिबार, बैशाख १९ २०७६

काठमाडौं वैशाख, १९– 
नेपाल आयल निगमले पाक्षिक ७ करोड नाफा राखेर इन्धनको मूल्य बढाएको छ ।  निगम स्रोतका अनुसार मूल्य समायोजनपश्चात् निगमको पाक्षिक नाफा करिब ७ करोड रुपैयाँ छ। 
 शुक्रबार राती १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोल र डिजेलरमटितेलको मूल्य बढाएको हो ।  हवाई ईन्धन र खाना पकाउने एलपी ग्याँसको हकमा खुद्रा विक्री मूल्य यथावत राखिएको निगमले जनाएको छ । 

निगमले बढाएको पछिल्लो मूल्य अनुसार पेट्रोलमा  १ रुपैयाँ ५० पैसा बढेको छ भने  डिजेल र मटितेलमा १र१ रुपैयाँ  बढेको हो  । 
निगमका प्रवक्ता विरेन्द्र गाइतका अनुसार मूल्य बढेसँगै काठमाडौंको नयाँ खुद्रा विक्री मूल्य पेट्रोलमा १११ रुपैयाँ ५० पैसा तथा  डिजेल र मट्टतिेको मूल्य ९८ रुपैयाँ कायम भएको छ । 
प्रवक्ता गोइतले पछिल्लो १०र१५ दिनमा अन्तराष्ट्रिय बजारमा पट्रोलियम पदार्थको मूल्य उल्लेख्य रुपमा बढेकोले मूल्य बढाउनुपरेको बताए । 

अमेरिकी डलरको तुलनामा नेपाली र भारतीय मुद्राको अवमुल्यन भएकाले इण्डियन आयल कर्पोरेशनबाट १ मे २०१९ मा मूल्य बढेर आएको निगमको दावी छ ।