काठमाडौं । नेप्से झिनो अंकले बढेको छ । अघिल्लो दिन २३ दशमलव ८६ अंकले बढेको नेप्से साताको अन्तिम कारोबार दिन भने बिहिबार तीन दशमलव ३५ अकले बढेर २७ सय तीन दशमलव ३९ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ३० अंकले बढेर चार सय ५० दशमलव आठ अंकमा चढेको छ । तीन सय २४ वटा कम्पनीहरुको ६९ हजार ८९ पटकको कारोबारमा एक करोड ५५ लाख दुई हजार नौं सय ९८ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम सात अर्ब ८४ करोड ४६ लाख ४२ हजार चार सय ८७ रुपैंयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा तीन वटा समुहहरुको सुचक बढेकाछन भने १० वटा समुहहरुको सुचक घटेका छन् । आज बाँणिज्य बैंक समुहको सुचक १५ दशमलव शुन्य पाँच अंकले बढेर १३ सय ७९ दशमलव ३४ अंकमा पुगेको छ भने निर्जीवन बीमा र अन्य समुहको सुचक पनि बढेको छ । बिकास बैंक समुहको सुचक भने १२ दशमलव ६३ अंकले घटेर पाँच हजार चार सय ९७ दशमलव ४६ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि शुन्य दशमलव २६ अंकले घटेर ३५ सय तीन दशमलव २६ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय चार दशमलव २४ अंकले घटेर १३ हजार चार सय छ दशमलव ८८ अंकमा पुगेको छ भने फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र व्यापार समुहको सुचक पनि घटेका छन् ।
नेप्सेमा आज ग्रिन भेञ्चर लिमिटेडले सबैभन्दा बढी कमाउँदा उपकार लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी गुमाएको छ । हिमालयन रि इन्स्योरेन्स कम्पनीको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।