बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आईपीएल : बंग्लोरुविरुद्ध गुजरातको सहज जित

बिहिबार, चैत्र २१ २०८१

काठमाडौं । जारी इन्डियन प्रिमियर लिग ९आईपीएल० अन्तर्गत पहिलो खेलमा पराजयको सामना गरेको गुजरात टाइटानले त्यसपछि लगातार दोस्रो जित हात पारेको छ।

बुधबार राति भएको खेलमा सनसनीपूर्ण सुरुवात गरेको रोयल च्यालेन्जर बंग्लोरुलाई गुजरातले ८ विकेटले हरायो। १७० रनको लक्ष्य पाएको गुजरातले १३ बल बाँकी रहँदा २ विकेटको क्षतिमा १७० बनाउँदै लक्ष्य पूरा गरेको हो।

गुजरातका लागि जोस बटलरले अविजित रहँदै ३९ बलमा ७३ रन बनाए । उनको पारीमा ५ चौका र ६ छक्का थियो। सेरफान रुदरफोर्डले अविजित १८ बलमा ३० रन बनाउनुभयो। साइ सुदर्शन अर्धशतक बनाउन एक रनले चुके । उनले ३६ बलमा ७ चोका र एक छक्काको मद्दतमा ४९ रन बनाए । बंग्लोरुका लागि भुवनेश्वर कुमारले चार ओभरमा २३ रन खर्चेर एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंग्लोरुले ८ विकेटको क्षतिमा १६९ रन जोडेको हो। बंग्लोरुले ६।२ ओभरमा ४२ रनमा चौथो विकेट गुमाइसकेको थियो। बंग्लोरुलाई सस्तोमा समेट्ने क्रममा सिराजले चार ओभरमा १९ रन खर्चेर तीन विकेट लिए ।

मध्य क्रममा बंग्लोरुलाई खुलेर खेल्न रोकेका साइ किशोरले चार ओभरमा २२ रन खर्चेर दुई विकेट लिए । प्रसिद्ध कृष्णले ४ ओभरमा दुई रन खर्चेर एक विकेट लिए। बंग्लोरुका लागि पाँचौँ क्रममा ब्याटिङ गरेका लियाम लिभिङ स्टोनले ५४, छैटौँ क्रममा जितेस शर्माले ३३ तथा आठौँ क्रममा टिम डेभिडले १८ बलमा ३२ रन बनाए । सिराज खेलको प्लेयर अफ द म्याच घोषित भए ।

बंग्लोरु यो हारपछि चार अंकसहित तालिकाको तेस्रो स्थानमा पुगेको छ। गुजरात समान अंकका साथ चौथो स्थानमा छ। पन्जाब किङ्स चार अङ्क सहित पहिलो तथा दिल्ली क्यापिटल दोस्रो स्थानमा छन्। पन्जाब र दिल्लीले दुई खेल मात्र खेलेका छन् भने अन्य टोलीले तीन खेल खेलिसकेका छन्।