काठमाडौं । नेप्से बढेको छ । अघिल्लो दिन १६ अंकले घटेको नेप्से आज बुधबार २३ दशमलव ८६ अंकले बढेर २७ सय दशमलव चार अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव आठ अंकले बढेर चार सय ४७ दशमलव ७७ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय १८ वटा कम्पनीहरुको ५३ हजार आठ सय ८४ पटकको कारोबारमा एक करोड चार लाख ४२ हजार छ सय ८३ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम पाँच अर्ब ४४ करोड ४४ लाख ३५ हजार नौं सय एक रुपैंयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएको मध्ये उत्पादनमुलक र निर्जीवन बीमा समुहको सुचक उच्च अंकले घटेका छन् भने बाँकी समुहहरुको सुचक बढेका छन् । सो मध्ये आज बाँणिज्य बैंक समुहको सुचक आठ दशमलव ३४ अंकले बढेर १३ सय ६५ दशमलव ६६ अंकमा पुगेको छ भने बिकास बैंक समुहको सुचक पनि २८ दशमलव ३२ अंकले बढेर पाँच हजार पाँच सय २१ दशमलव ७३ अंकमा पुगेको छ । जलविधुत समुहको सुचक पनि १८ दशमलव ८५ अंकले बढेर तीन हजार पाँच सय सात दशमलव ५२ अंकमा पुगेकोमा जीवन बीमा समुहको सुचक पनि ६७ दशमलव ४३ अंकले बढेर १३ हजार पाँच सय ४३ दशमलव ८२ अंकमा पुगेको छ । यसैगरी फाईनान्स, होटल तथा पर्यटन, लगानी, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले बढेका छन् ।
नेप्सेमा आज बिशाल बजार कम्पनीले सबैभन्दा बढी कमाउँदा बोटर्लस नेपाल (बालाजु) लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । सिईडिबी होल्डिङस लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।