बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सीके राउतद्वारा दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन

सोमबार, बैशाख १६ २०७६

काठमाडौं वैशाख, १६–
डा. सीके राउतले जनमत पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।  मधेसमा विखण्डनको अभियान चलाईरहेका  राउतले सरकारसँग भएको सम्झौतापछि दल दर्ताको लागि आयोगमा निवेदन दिएका हुन् । 

आइतबार  राउतले  जनमत पार्टीको नाममा दल दर्ताको निवेदन दिएका हुन् । दल दर्ताका लागि दिइएको निवेदनमा राउत अध्यक्ष रहने गरी ३५ जना केन्द्रीय सदस्य हुने उल्लेख छ । 

केन्द्रीय समितिमा १२ जना महिला, दलित समुदायबाट ६ जना र मुस्लिम समुदायबाट ४ जनालाई समावेस गरिएको छ ।  

गत  फागुन २४ मा सरकारसँग  ११ बुँदे सम्झौतापछि चैत ४ गते सिराहाको लहानमा बसेको बैठकले स्वतन्त्र मधेस गठबन्धन भंग गरी जनमत पार्टी गठन गर्ने निर्णय गरेको थियो । त्यही अनुरुप निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको हो । 

स्वतन्त्र मधेस गठबन्धनका बेला प्रयोग गरेको नारा फेर्दै अहिले ‘जनमत दो, आजादी लो’  भन्ने नारा पनि पार्टीले तय गरेको छ ।