शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेप्सेमा हरियाली, ३९ अंकले बढ्दा चार अर्ब २० करोडको कारोबार

बुधबार, चैत्र १३ २०८१

काठमाडौं । नेप्सेमा हरियाली छाएको छ । अघिल्लो दिन ५८ अंकले घटेको नेप्से आज बुधबार ३९ दशमलव १३ अंकले बढेर २६ सय २१ दशमलव ८६ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पाँच दशमलव ७१ अंकले बढेर चार सय ४० दशमलव ६९ अंकमा चढेको छ । तीन सय १७ वटा कम्पनीहरुको ४८ हजार सात सय ८५ पटकको कारोबारमा ९१ लाख ४२ हजार नौं सय ४१ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम चार अर्ब २० करोड ४४ लाख आठ हजार आठ सय ९४ रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुँदा सबै समुहहरुको सुचक बढेको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १६ दशमलव सात अंकले बढेर १३ सय ४४ दशमलव ८८ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ६१ दशमलव १२ अंकले बढेर ३४ सय ३६ दशमलव २४ अंकमा पुगेको छ। जीवन बीमा समुहको सुचक पनि दुई सय ७८ अंकले बढेर १३ हजार दुई सय ३१ दशमलव ७५ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि दुई सय १३ दशमलव ७७ अंकले बढेर १२ हजार एक सय ५४ दशमलव ५६ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले बढेको छ ।

नेप्सेमा आज राप्ती हाईड्रो एण्ड जनरल कन्सट्रक्सन लिमिटेडले सबैभन्दा बढी कमाउँदा उपकार लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी गुमाएको छ । हिमालयन रि इन्स्योरेन्स कम्पनीको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।