शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

१२ अंकले घट्यो नेप्से, जीवन बीमा बाहेक सबै समुहको सुचक रातै

बिहिबार, चैत्र ७ २०८१

काठमाडौं । नेप्से पुन घटेको छ । अघिल्लो दिन १४ अंकले घटेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार पनि १२ दशमलव ३८ अंकले घटेर २६ सय ६९ दशमलव ७६ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ९७ अंकले घटेर चार सय ४७ दशमलव ९४ अंकमा पुगेको छ । तीन सय १२ वटा कम्पनीहरुको ५५ हजार चार सय ७६ पटकको कारोबारमा आज ९५ लाख ९९ हजार तीन सय ४३ कित्ता शेयर किनबेच हुँदा आज कुल कारोबार रकम चार अर्ब ५६ करोड १३ लाख ११ हजार दुई सय ८२ रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएको मध्ये जीवन बीमा समुहको सुचक चार दशमलव ७९ अंकले बढेर १३ हजार तीन सय २९ दशमलव शुन्य नौं अंकमा पुगेपनि बाँकी समुहहरुको सुचक भने उच्च अंकले घटेका छन् । आज बाँणिज्य बैंक समुहको सुचक पाँच दशमलव १५ अंकले घटेर १३ सय ६० दशमलव ९५ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि २२ दशमलव ८८ अंकले घटेर तीन हजार पाँच सय ४८ दशमलव ६१ अंकमा पुगेको छ । निर्जीवन बीमा समुहको सुचक पनि एक सय २१ दशमलव ६१ अंकले घटेर १२ हजार चार सय २१ दशमलव ७९ अंकमा पुगेको छ भने बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहहरुको सुचक पनि उच्च अंकले घटेका छन् ।

नेप्सेमा आज दोल्ती हाईड्रोपावर कम्पनीले सबैभन्दा बढी कमाउँदा मिथिला लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी गुमाएको छ । नेपाल पुर्नबीमा कम्पनीको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।