बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

रानाभाटका चोटिला मुक्तक सार्वजनिक

बिहिबार, बैशाख १२ २०७६

पोखरा वैशाख, १२–
पोखरामा बसेर मुक्तक लेखनमा क्रियाशील नेपालहरि रानाभाट ‘सुवोध’को पहिलो कृति ‘समयका स्वरहरू’ बजारमा आएको छ । संग्रहमा ८० वटा मुक्तक छन् । मुक्तक मार्फत् सामाजिक विकृति विरुद्ध जेहाद छाडेका छन् रानाभाटले । 
उनले आफ्ना मुक्तकलाई राजनीति, नैतिकता, प्रेम सम्बन्ध, समय परिस्थिति, सामाजिक, धन सम्पत्ति, आत्म ज्ञान र जिन्दगी शीर्षकमा बाँडेर पुस्तकमा राखेका छन् । साथमा  उमेशचन्द्र अधिकारीका चित्र छन् । 
रानाभाटका मुक्तकले पाठकको मन जित्ने नेपाल मुक्तक प्रतिष्ठान, काठमाडौंका अध्यक्ष रामकाजी कोने वताउँछन् । बरिष्ठ गीतकार यादव खरेलले समयका स्वरहरूको हालै काठमाडौंमा विमोचन गरेका थिए । पुस्तक प्रकाशन मुक्तक प्रतिष्ठानले गरेको हो । यसको मूल्य २५० रुपैयाँ छ ।