काठमाडौं । नेप्से घटेको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको नेप्से आज मंगलबार पनि ३२ दशमलव २१ अंकले घटेर २७ सय १९ दशमलव २० अंकमा झरेको छ भने सेन्सिटिभ इन्डेक्स तीन दशमलव २८ अंकले घटेर चार सय ५६ दशमलव ४७ अंकमा झरेको छ । नेप्सेमा आज तीन सय तीन वटा कम्पनीहरुको ९२ हजार ३१ पटकको कारोबारमा एक करोड ५५ लाख ५९ हजार छ सय ८३ कित्ता शेयर किनबेच भएका छन् भने कारोबार रकम आठ अर्ब ३९ करोड ११ लाख ४९ हजार ५० रुपैैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा बिकास बैंक समुहको सुचक एक सय ११ दशमलव ५७ अंकले बढेको छ भने बाँकी १२ वटा समुहहरुको सुचक उच्च अंकले घटेका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक नौं दशमलव ९० अंकले घटेर १३ सय ८२ दशमलव ४४ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ५५ दशमलव ९१ अंकले घटेर तीन हजार छ सय २६ दशमलव ४१ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय ८२ दशमलव ४४ अंकले घटेर १३ हजार सात सय ४८ दशमलव ९४ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि एक सय २७ दशमलव ६० अंकले घटेर १२ हजार सात सय २० दशमलव सात अंकमा पुगेको छ ।
फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि आज घटेका छन् ।
कारोबार भएका मध्ये आज महालक्ष्मी बिकास बैंकले सबैभन्दा बढी कमाउँदा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी गुमाएको छ । हिमालयन रि इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ ।