बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपाल चेक बाउन्स प्रकरणमा पक्राउ

मंगलबार, बैशाख १० २०७६

काठमाडौं वैशाख, १०–
 चेक बाउन्स प्रकरणमा  ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपाल पक्राउ परेका छन् । नरेशकुमार न्यौपानेले लिएको ६ लाख रुपैयाँको चेक बाउन्स भएको विषयमा उजुरी परेपछि काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले मंगलबार दिउँसो उनलाई पक्राउ गरेको हो । उनी चाबहिलस्थित आफ्नै  घरबाटै पक्राउ परेका हुन् । 
प्रहरीका अनुसार  उजुरी परेपछि अदालतबाट पक्राउ पूर्जी जारी गराएर उनलाई नियन्त्रणमा लिइएको हो । नेपालले भने उजुरी दिने न्यौपाने आफ्नो घरबेटी भएको बताउँदै आफूलाई फसाइएको दाबी गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखका छन्, ‘मैले नरेशकुमार नेउपाने नामक घरधनीलाई घरघाडा वापत ६ लाख रुपैयाँको चेक दिएको थिएँ । चेकको भुक्तानी मितिमा ६ लाख रकम बुझी आज चेक ल्याउन बिर्सिएँ, भोलि चेक फिर्ता गर्छु भनेकोमा चेक बाउन्स गरेर मलाई फसाउने काम भयो ।’

फणीन्द्रले आफूले नेपाल बैंक लिमिटेडको ६ लाखको चेक २१ मंसिर ०७५ शुक्रबार भुक्तान गर्ने गरी दिएको उल्लेख गर्दै पैसा लिइसकेपछि पटकपटक चेक फिर्ता माग्दा पनि नदिएको दाबी गरेका छन् ।