काठमाडौं, वैशाख ९–
नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले निःशुल्क बिशेषज्ञ स्वास्थ्य शिबिर संचालन गरेको छ । राम प्रसादखत्री स्मृती प्रतिस्ठान बझाङ्गको आयोजना तथा खप्तड छान्ना गाउँपालिका र नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको सह प्रायोजनमा बझाङ्ग जिल्लाको खप्तड छान्ना गाउंपालिका वडा नं. ४ नेटाकाटिया ब्रमस्थलमा पर्ने दुर्गा महालिङ्गमा.बि.को भवनमा कम्पनीले यही चैत २५ र २६ गते स्वास्थ शिविर सञ्चालन गरेको जानकारी कम्पनीले दिएको छ ।
उक्त शिबिरमा लुम्बिनी अञ्चल अस्पताल, तिलोत्तमा हस्पिटल प्रालि, तिलोत्तमा आंखा अस्पताल, आम्दा हस्पिटल प्रालि, बुटवल र हिमाल डेन्टल हस्पिटल प्रा लिका चिकित्सकहरुको संयुक्त टोलिले सेवा प्रदान गरेको थियो । सात वटा बिशेषज्ञ बिधामा सेवाप्रदान गरिएकोमा सामान्य चिकित्सातर्फ छ सय ९५ जना, हाडजोर्नी तर्फ आठ सय ८१ जना, दन्तरोग तर्फ दुुई सय ६१ जना, आंखातर्फ तीन सय ८१ जना, स्त्रीरोग तर्फ पाँच सय ७६ जना, बालरोग तर्फ एक सय ९४ जना, शल्यक्रियातर्फ १० जना गरी जम्मा दुुई हजार नौ सय ९६ जनाको स्वास्थ्य परिक्षण भएको थियो । सो मध्ये तीन सय ९४ जनाको अल्ट्रासाउन्ड, एक सय एक जनाको ल्याब परिक्षण, ३१ जनाको मोतिबिन्दु अप्रेशन, ५३ जनाको दांतहालेको, एक सय आठ जनाको दांत निकालेको बताइएका छन् ।
सो टोलिबाट लगभग २२ लाख बराबरको निशुल्क औषधी समेत बितरण गरिएको कम्पनीले जनाएको छ । यस राम प्रसाद स्मृती प्रतिष्ठानले बिशेषज्ञ स्वास्थ्य शिबिर संचालन, गरिव तथा जेहेन्दार बिधार्थीलाई छात्रबृती लगायतका समाज सेवाका कार्यक्रम गर्दै आएको छ ।