बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रहरी संगठनप्रतिको नकरात्मक धारणालाई शुन्यमा झारेरै छोड्छुः आईजीपी खनाल

सोमबार, बैशाख ९ २०७६

काठमाडौं वैशाख, ९–
प्रहरी महानिरीक्षक  सर्वेन्द्र खनालले हरेक घटनामा आफूमाथि दोषारोपण गर्न खोजेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । सोमबार आयोजित पत्रकार सम्मेलनमा आईजीपी खनालले प्रश्न गरे ‘सबै बिगारेको आईजीपीले हो र ?’ 
 जनताले अपेक्षा गर्नु राम्रो भएको भन्दै  आईजीपी खनालले आफूले काम गरिरहेको दावी गरे । ‘मेरो समय सकिएको छैन । बाँकी पनि छ ,’ उनले भने । काम गरिरहेको भन्दै उनले प्रहरी संगठनभित्र गैरव्यवसायिक चरित्रकालाई कारबाही र आन्तरिक सुद्धिकरणसमेत गरेको बताए ।

निर्मला हत्या प्रकरणमा केही कमजोरी भएको स्वीकार गर्दै उनले कमजोरी गर्नेलाई कारबाही गरिसकेको बताए । अहिले पनि काम भइरहेको भन्दै उनले परिणाम आउने दावी गरे ।

बम्जव प्रकरणका विषयमा पनि अहिले पनि अनुसन्धान भइरहेको भन्दै आईजीपीले प्रमाण भेट एक्सनमा जाने बताए ।

आईजीपी खनालले प्रहरी संगठनप्रतिको नकरात्मक धारणालाई शून्यमा झार्ने दावी समेत  गरे । ‘मूलभूत रुपमा संगठनमा यस्तो थियो भन्ने नेगेटिभ धारणालाई न्यून मात्रै होइन जिरो बनाउन चाहन्छौ । संगठन र संगठन प्रमुखको घारणा यही हो ।’