शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

झण्डै तीन अंकले घट्यो नेप्से, कमाउने भन्दा गुमाउने समुह धेरै

बिहिबार, फाल्गुन २२ २०८१

काठमाडौं । नेप्से घटेको छ । अघिल्लो दिन २५ अंकले घटेको नेप्से आज बिहिबार दुई दशमलव ७० अंकले घटेर २८ सय १८ दशमलव ४३ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स एक दशमलव शुन्य तीन अंकले बढेर चार सय ७० दशमलव ६० अंकमा चढेको छ ।

नेप्सेमा आज तीन सय १० वटा कम्पनीहरुको ९३ हजार आठ सय ९५ पटकको कारोबारमा एक करोड ९० लाख ४१ हजार पाँच सय १४ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम १० अर्ब १० करोड १८ लाख १७ हजार छ सय ८१ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा चार वटा समुहले कमाएपनि बाँकी समुहले भने गुमाएका छन् । आज बाँणिज्य बैंक समुहको सुचक शुन्य दशमलव ४३ अंकले बढेर १४ सय १७ दशमलव ९० अंकमा पुगेको छ भने बिकास बैंक, उत्पादनमुलक र लघुवित्त समुहको सुचक पनि बढेका छन् । जलबिद्युत समुहको सुचक भने दुई दशमलव ४७ अंकले घटेर तीन हजार सात सय ८८ दशमलव ७९ अंकमा झरेकोे छ भने जीवन बीमा समुहको सुचक पनि एक सय १५ दशमलव ४३ अंकले घटेर १४ हजार दुई सय ३८ दशमलव ४२ अंंकमा झरेको छ । निर्जीवन बीमा समुहको सुचक पनि छ दशमलव २२ अंकले घटेर १३ हजार एक सय एक दशमलव ४६ अंकमा झरेकोमा फाईनान्स, होटल तथा पर्यटन, लगानी, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि घटेका छन् ।

कारोबार भएका मध्ये आज गार्डियन माईक्रो लाईफ इस्योरेन्स कम्पनीले सबैभन्दा बढी कमाउँदा नबिल डिवेञ्चर २०८२ ले सबैभन्दा बढी गुमाएको छ । हिमालयन रि इन्स्योरेन्स कम्पनीको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।