काठमाडौं । न्यूजील्याण्ड आइसीसी च्याम्पियन्स ट्रफीको फाइनलमा पुगेको छ । बुधबार राति सम्पन्न दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ५० रनले पराजित गर्दै न्यूजील्याण्ड च्याम्पियन्स ट्रफीको फाइनलमा पुगेको हो।
न्यूजील्याण्डले दिएको ३६३ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले ५० ओभरमा ९ विकेट गुमाउदै ३१२ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि डेभिड मिलरले ६७ बलमा शतक प्रहार गरेपनि दक्षिण अफ्रिकालाई जिताउन जिताउन भने सकेनन्।
त्यस्तै रस्सी भन डेर दुसेनले ६९ रन बनाए भने कप्तान टेम्बा बभुमाले ५६ रन बनाएका थिए । त्यस्तै न्यूजील्याण्डका बलर मिचेल सान्टनरले ३ विकेट लिए भने माट हेनरी र ग्लेन फिलिपले २र२ विकेट लिएका थिए । यस अघि न्यूजील्याण्डले टस जितेर पहिला ब्याटिंग गर्दै ५० ओभरमा ६ विकेट गुमाउदै ३६२ रन बनाएको थियो।
पाकिस्तानको लाहोरमा भएको खेलमा न्यूजील्याण्डका लागि रचिन रविन्द्र र केन विलियम्सनले शतकीय पारी खेलेका थिए । यस खेलमा रविन्द्रले १०८ र विलियम्सनले १०२ रनको शतकीय पारी खेलेका थिए । त्यस्तै डार्यल मिचेल र ग्लेन फिलिपले ४९र४९ रन बनाएका थिए।
त्यसैगरी दक्षिण अफ्रिकाका बलर लुंगी एनगीडीले ३ विकेट लिए भने कागिसो रबाडाले २ तथा विआन मुल्डरले एक विकेट लिएका थिए ।अब न्यूजील्याण्डले आगामी आइतबार हुने फाइनलमा उपाधिका लागि भारतको सामना गर्ने छ।