काठमाडौं वैशाख, ८–
‘योर पार्टनर फोर प्रोग्रेस’ भन्ने नारालाई शिरोधार्य गरी, मिति २०६४ वैशाख ७ गते देखि २० औं वाणिज्य बैंकको रुपमा स्थापना भई अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पु¥याउँदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १२ वर्ष पुरा गरी १३ औं वर्षमा प्रवेश गरेको सुखद अवसरमा बैंकका विभिन्न शाखाहरुमा रक्तदान कार्यक्रम संचालन गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल सहित कुल पाँच सय ६६ जना रक्तदाताहरूले रक्तदान गरेकाछन ।
बार्हौ वार्षिकोत्सवको सुखद अवसरमा बैंकले नेपाल रेडक्रस सोसाइटीको “रक्तदान जिवनदान” को नारालाई सार्थक बनाउदै विभिन्न शाखाहरुमा रक्तदान कार्यक्रम संचालन गरेको छ । बैंकले उपत्यका भित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथ अतिरिक्त भक्तपुर, भैसेपाटी, कुपण्डोल र उपत्यका बाहिरका बिराटनगर, दमक, धरान, जनकपुर, बिरगंज, बनेपा, हेटौडा, नारायणघाट, पोखराको सिमलचौर, बुटवल, घोराही, नेपालगंज, सुर्खेत, महेन्द्रनगर र विर्तामोड गरी कुल उन्नाइस स्थानबाट रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।
केन्द्रीय कार्यालय नारायणहिटी पथमा सम्पन्न रक्तदान कार्यक्रममा ४६, भक्तपुर शाखामा ४३, भैसेपाटी शाखामा ४१, कुपण्डोल शाखामा ७ र उपत्यका बाहिरका बिराटनगर शाखामा २१, दमक शाखामा २७, धरान शाखामा २८, जनकपुर शाखामा २५, बिरगंज शाखामा ३९, बनेपा शाखामा १७, हेटौडा शाखामा ३५, नारायणघाट शाखामा ४१, पोखराको सिमलचौर शाखामा ३०, बुटवल शाखामा २६, घोराही शाखामा १८, नेपालगंज शाखामा ४५, सुर्खेत शाखामा १७, महेन्द्रनगर शाखामा १९ र विर्तामोड शाखामा ४१ गरी कुल पाँच सय ६६ जना रक्तदाताहरुले रक्तदान गरेका छन् ।
बैंकले आर्थिक वर्ष २०७५।७६ को तेस्रो त्रयमास सम्ममा रु.६८ अर्व ६८ करोड निक्षेप संकलन गरि रु. ६३ अर्व ५९ करोड कर्जा प्रवाह गरी सोहि अवधि भित्र रु.१ अर्व ४९ करोड १४ लाख संचालन मुनाफा र रु.१ अर्व ६ करोड खुद नाफा आर्जन गरेकोे छ जुन गत वर्ष सोहि अवधिको तुलनामा क्रमश ः ४।Þ०२ प्रतिशत र ५ं।९१ प्रतिशतले वृद्धि भएको छ । बैैंकले कारोबार संचालन गर्दै आएकोे बाह्र वर्षको समयावधिमा देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७६ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।