शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेप्सेमा ३० अंकको पहिरो, सबै सुचकहरु राताम्मै

मंगलबार, फाल्गुन २० २०८१

काठमाडौं । नेप्से उच्च अंकले घटेको छ । अघिल्लो दिन १३ अंकले घटेको नेप्से आज मंगलबार ३० दशमलव ३६ अंकले घटेर २८ सय ४६ दशमलव ३० अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ३१ अंकले घटेर चार सय ७५ दशमलव २७ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय १८ वटा कम्पनीहरुको एक लाख २२ हजार तीन सय ३६ पटकको कारोबारमा दुई करोड ६३ लाख ८९ हजार नौं सय १० कित्ता शेयर किनबेच भएकोमा कुल कारोबार रकम १२ अर्ब ९४ करोड ६४ लाख ९३ हजार नौं सय ३९ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा सबै समुहरुको सुचक घटेका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक १५ दशमलव ३२ अंकले घटेर १४ सय ३२ दशमलव ३६ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ४१ दशमलव ८९ अंकले घटेर तीन हजार आठ सय पाँच दशमलव ४५ अंकमा झरेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय एक दशमलव ५८ अंकले घटेर १४ हजार पाँच सय ७० दशमलव २९ अंकमा झरेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि एक सय ४९ दशमलव ६२ अंकले घटेर १३ हजार तीन सय नौं दशमलव ५२ अंकमा झरेको छ । बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि घटेर राताम्मै भएका छन् ।

कारोबार भएका मध्ये गार्डियन माईक्रो लाईफ इन्स्योरेन्स कम्पनीले आज सबैभन्दा बढी कमाउँदा सिन्धु बिकास बैंकले सबैभन्दा बढी गुमाएको छ । हिमालयन रि इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ ।