४९ अंकले बढ्दा ११ अर्ब ३९ करोड भन्दा बढीको शेयर किनबेच
काठमाडौं । मौद्रिक नीतिको अर्धबार्षिक समिक्षाकाकारण नेप्सेमा उछाल आएको छ । राष्ट्र बैंकले मंगलबार चालु आर्थिक बर्षको मौद्रिक नीतिको दोस्रो त्रैमासिक समिक्षा मार्फत असल कर्जाको विद्यमान एक दशमलव १० प्रतिशतको कर्जा नोक्सानी व्यवस्थालाई एक प्रतिशतमा सिमित गरेको थियो । यसले गर्दा पनि बिहिबार नेप्सेमा उछाल आएको हो ।
सो अनुसार नेप्से आज ४९ दशमलव १५ अंकले बढेर २८ सय १५ दशमलव शुन्य चार अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि नौं दशमलव ७५ अंकले बढेर चार सय ६९ दशमलव ८२ अंकमा पुगेको छ । तीन सय वटा कम्पनीहरुको एक लाख १२ हजार ३२ पटकको कारोबारमा दुई करोड ६१ लाख ९९ हजार सात सय ८० कित्ता शेयर किनबेच भएकोमा आज कुल कुल कारोबार रकम ११ अर्ब ३९ करोड २४ लाख एक हजार आठ सय १५ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा सबै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ४६ अंकले बढेर १४ सय ३१ दशमलव ३४ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ६७ दशमलव ६९ अंकले बढेर ३८ सय १८ दशमलव ९३ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय १२ दशमलव ६६ अंकले बढेर १३ हजार नौं सय ५७ दशमलव शुन्य एक अंकमा चढेको पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि ९० दशमलव ७२ अंकले बढेर १२ हजार नौं सय ५४ दशमलव १८ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि बढेका छन् ।