बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बैंक अफ काठमाण्डूको नयाँ बचत खाता

बुधबार, बैशाख ४ २०७६

काठमाडौ, बैशाख ४
बैंक अफ काठमाण्डूले आफ्नो २५ औं वार्षिक उत्सवको उपलक्ष्यमा नयाँ बचत खाता बि.ओ.के. आत्मिय बचत खाता सार्वजनिक गरेको छ । यस बचत खातामा आबद्ध भएका ग्राहकहरुलाई १५ प्रकारका प्राणघातक रोगहरुको पहिचान भएमा एक लाख रुपैयाँ रुपैयाँसम्मको बीमा रकम भुक्तानी दिने छ ।
बचतकर्ताकोे निधन भएमा एक लाख रुपैयाँको बीमा रकमको साथै १० हजार रुपैयाँ काजक्रिया खर्चको लागि प्रदान गरिने छ ।  हाल बैंकले ८४ शाखा, ७५ एटिएम  तथा ८ वटा एक्टेन्सन् काउण्टरबाट आफ्नो ग्राहक वर्गलाई सम्पूर्ण बैंकिङ्ग सेवा जस्तै भिसा डेबिट कार्ड, क्रेडिट कार्ड, अन्तराष्र्टि«य यु.एस.डलर कार्ड, बि.ओ.के. स्मार्ट, बि.ओ.के. क्लिक, बैंकासुरेन्स् सुविधा, ई–कर्मस सुविधा, लकर सुविधा, रेमिटान्स्, पस मसिन सुविधा प्रदान गर्दै आइरहेको छ ।