काठमाडौ वैशाख, ४–
आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र भरपर्दो कृषक बचत तथा ऋण सहकारी संस्था लिमिटेडबीच सम्झौता भएको छ । कम्पनीले संस्थाका सदस्य विद्यार्थीहरुको लागि आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले नेपालमा नै पहिलो पटक जारी गरेको आईजिआई स्टुुडेन्ट पोलिसी (आइजीआई विद्याथी बीमालेख) मार्फत सेवा लिने दिने सम्बन्धि सम्झौता गरेको हो ।
सम्झौतापत्रमा आइएमई जनरलका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र भरपर्दो कृषक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रमेश तिमल्सिनाले हस्ताक्षर गरेका हुुन् । सम्झौता पश्चात सहकारी संस्थामा निश्चित रकम राखी खाता संचालन गर्ने सदस्य विद्यार्थीहरुलाई बीमा सेवा प्रदान गर्ने गरी यो संझौता भएको छ । उक्त अवसरमा आइएमई जनरलका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सहकारी संस्थाले आफैले बीमा शुल्क भुक्तानी गरेर आफना विद्यार्थी ग्राहक महानुभावहरुको व्यक्तिगत दुर्घटना, औषधोपचार तथा मासिक शुल्क समेत साथै निज विद्यार्थीको आमा वा बुबाको हकमा दुर्घटना बीमा समेतको रक्षावरण गर्ने गरी नेपालमा नै पहिलो पटक जारी भएको बीमालेख मार्फत सेवा प्रदान गर्न इच्छुक भई संझौता गरेकोमा संस्थाका अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारीहरुलाई धन्यवाद दिए । साथै सोही अवसरमा संस्था तथा संस्थासंग आवद्ध सदस्यहरुलाई आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरलबाट प्राप्त गर्न सक्ने भन्दै ढुक्क भएर सेवा लिन आव्हान गरे ।
कार्यक्रममा भरपर्दो कृषक सहकारी संस्था लि. का अध्यक्ष तिमल्सिनाले आफ्नो संस्थासंग आवद्ध विद्यार्थीहरुलाई निशुल्क यो सेवा प्रदान गर्न पांउंदा खुशी लागेको र आइएमई जनरलसंगको सहकार्यमा आफूले आफना ग्राहकहरुलाई निर्जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवा प्रदान गर्न पाएकोमा आइजीआई परिवारलाई धन्यबाद दिए ।