बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एनसीसी बैंकद्वारा २०७६ सालको क्यालेण्डर सार्वजनिक

मंगलबार, बैशाख ३ २०७६

काठामाडौं वैशाख, ३–
नेपाल क्रेडिट एण्ड कमर्स बैंकले २०७६ सालको क्यालेण्डर सार्वजनिक गरेको छ । बैंकको केन्द्रीय कार्यालय बागबजारमा सो क्यालेण्डर सार्वजनिक गरेको बैंकले जनाएको छ ।
साथै बैंकले २०७६ सालको सो क्यालेण्डरमा भगवान गौतम बुद्घको जन्मस्थल लुम्बिनी, नेपालमा रहेको लुम्बिनी बिकास क्षेत्र भित्र विभिन्न राष्ट्रहरुद्वारा निर्मित गुम्बाहरुको चित्र हाते स्केचमा समावेश गरेको जानकारी दिएको छ । 
यसैगरी बैंकले बैंकले नेपाल सरकारको समृद्धिसँग जोडौ नाता ःसबै नेपालीको बैंक खाता भन्ने नारा सहित ‘खोलौ बैंक खाता अभियान २०७६ लाई पूर्ण सफल बनाउनको लागि एनसीसी नेपाली नागरिक बचत खाता सञ्चालनमा ल्याएको छ ।  २०७६ वैशाख एक गतेदेखि लागु हुने उक्त बचत खाता खोल्ने व्यक्तिहरुलाई बैंकले आफ्नै तर्फबाट एक सय खातामा जम्मा गरिदिने जनाएको छ । बैंकको मुलुकभर एक सय २२ वटा शाखा र ७४ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।