बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

धादिङमा एक महिनामा ४६ थान अवैध हतियार संकलन

सोमबार, बैशाख २ २०७६

काठमाडौं वैशाख, २–
 जिल्ला प्रशासन कार्यालय धादिङले २०७५ चैत १ गतेदेखि २०७६ वैशाख २ गतेसम्म ४६ थान हतियार संकलन गरेको जनाएको छ ।  सरकारले अवैध हातहतियार बुझाउन आह्वान गरेको एक महिनामा  प्रहरीले उक्त संख्यामा हतियार संकलन गरेको हो । 
सर्वसाधारणले  वैशाख २ गतेसम्म  नजिकको प्रहरी चौकीमा ४६ थान भरुवा बन्दुक बुझाएका हुन् । अधिकांश हतियार जिल्लाको खनियाबास गाउँपालिका १ झार्लाङबाट संकलन भएको प्रहरीले जनाएको छ । खनियाबासकै अकथली, विचेत, तावल, पार्खिनटोलबाट पनि हतियार संकलन भएको छ । यो गाउँपालिकाबाट  ३२ थान हतियार संकलन भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी प्रकाश विष्टले रुबीभ्याली गाउँपालिकाको विभिन्न ठाउँबाट १० नाल भरुवा बन्दुक संकलन भएको  जानकारी दिए । त्यस्तै गंगाजमुना गाउँपालिकाबाट ४ नाल संकलन भएको छ ।