बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एक्सप्रेस मनी र जिएमई रेमिटबीच सम्झौता

सोमबार, बैशाख २ २०७६

काठमाडौं वैशाख, २–
एक्सप्रेस मनी र जिएमई रेमिटबिच बिप्रेषण सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा जि.एम.इ रेमिटको तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेल र एक्सप्रेस मनीको तर्फबाट संचालक सुद्धेश गिरियनले हस्ताक्षर गरेका छन् । 
सम्झौता पश्चात एक्सप्रेस मार्फत विश्व भरीबाट पठाएको रकम जि.एम.इ रेमिट को सात हजार भन्दा बढी एजेन्ट मार्फत भुक्तानी लिन सकिने छ । हाल जि.एम.इ रेमिटले दक्षिण कोरिया, अमेरिका, यू.के, मलेसिया, जापान लगाएत खाडि मुलुकहरु बाट रेमिट्यान्स कारोबार गदै आएको छ ।