बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

पाँच अर्ब २५ करोडको ट्रेजरी बिक्री गर्दे राष्ट्र बैंक

आइतबार, बैशाख १ २०७६

काठमाडौ,  बैशाख १-
नेपाल राष्ट्र बैकले भोलि सोमबार पाँच अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।  राष्ट्र बैकका अनुसार जारी मिती बैशाख तीन गते तोकिएको उक्त  ट्रेजरी खरिदको लागि भोलि अपरान्ह तीन बजेसम्म आवेदन दिनुु पर्ने छ ।  
बिक्री गरिने कुुल  ट्रेजरी मध्ये ९१ दिने अवधिको तीन अर्ब र एक सय ८२ दिने अवधिको दुुई अर्ब २५ करोड रुपैयाँ बराबरको रहेको छ । यि मध्ये ९१ दिनेको  ट्रेजरीको परिपक्व हुुने अवधि मिती २०७६ असार ३१ गते र एक सय ८२ दिने टे«जरीको परिपक्व हुने मिती बिसं २०७६ असोज २८ गते तोकिएको छ ।   
यसअघि यही चैत २५ गते पनि राष्ट्र बैकले ९१ दिने अवधिको एक अर्ब, एक सय ८२ दिने अवधिको एक अर्ब ८९ करोड र तीन सय ६४ दिने अवधिको छ अर्ब रुपैयाँको  ट्रेजरी बिल जारी गरेको थियो ।