बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

विप्लव समूहका जिल्ला इन्चार्ज पक्राउ

शुक्रबार, चैत्र २९ २०७५

काठमाडौं चैत, २९–नेत्रविक्रम चन्द नेतृत्वको समूहका मकवानपुर इञ्चार्ज वीरबहादुर घलान (ज्वाला) लाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले गएराति चन्द समूहका मकवानपुर इञ्चार्ज घलान र अर्का एक जनालाई पक्राउ गरेको हो ।     
 ज्वालासहित दुईजनालाई हेटौंडाको फायरलाइनबाट पक्राउ गरिएको मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए । उपरीक्षक सिंहका अनुसार प्रहरीले सवारी जाँचका क्रममा मोटरसाइकलमा सवार ज्वालासहित अर्का एक जनालाई पक्राउ गरेको हो । ‘‘सरकारी वकिलसँग सल्लाह गरेपछि कुन मुद्दा लगाउने भन्ने टुङ्गो लगाउँछौंँ’ उनले भने । यसअघि पनि चन्द समूहका चार कार्यकर्तालाई पक्राउ गरिएको मकवानपुर प्रहरीले जनाएको छ ।