शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

सिटिजन्स बैंक इन्टरनेशनल र महालक्ष्मी लाइफबीच सम्झौता

शुक्रबार, चैत्र २९ २०७५

काठमार्डौं चैत, २९–
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बीमा सेवा सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा सिटिजन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल र महालक्ष्मी लाइफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरेकाछन् । 
सम्झौतापश्चात् सिटिजन्स बैंकका ग्राहकहरुले बैंकको कुनै पनि शाखाबाट महालक्ष्मी लाइफको जीवन बीमा गर्न, सोको प्रिमियम रकम बुझाउन, बीमा लेख लिन, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सम्बन्धी सेवाहरु लिन सक्नेछन् । यसबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै छिटो, छरितो र सहज रुपमाजीवनबीमा सम्बन्धी सेवाहरु प्राप्तगर्न सक्ने विश्वास बैंकले लिएको छ ।
नेपाली जनताको घरदैलोमो बैंकिङ्ग सेवा पु¥याँउदैै आएको बैकले हाल देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ । यसका साथसाथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यल्ले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरि सकेको छ । ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।