बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

लक्ष्मी बैंकको ११ औं माउन्टेन बाइक र्याली सम्पन्न

बिहिबार, चैत्र २८ २०७५

काठमाडौ चैत, २८–
लक्ष्मी बैंकको ‘गो ग्रिन’ तथा नेपाल पर्यटन वोर्डको ‘भिजिट नेपाल २०२०’ अभियानलाई प्रवर्धन गर्ने उद्देश्य समेतले आयोजना गरिएको साइकल ¥यालि पोखरा औद्योगिक क्षेत्रबाट प्रारभ्भ भई वाटर फ्रन्ट रिसोर्टसम्मको १३ किलोमिटरसम्म गरी सम्पन्न भएको छ । कार्यक्रमको प्रायोजकका रुपमा लक्ष्मी बैंक तथा सहप्रायोजककारुपमा प्राइमलाईफ इन्स्युुरेन्स तथा रेडबुल रहेकाथिए । साथै यस कार्यक्रमको सहयोगी संस्थाका रुपमा जेन्टस् पार्क, टेरामोटर्स, यति एयरलाइन्स, डाबर नेपाल तथा सिविक हस्पिटल रहेका थिए ।
साइकलयात्रा मुक्ति एण्ड रिभाइबलको लाइभ कन्सर्ट एवं साइकल स्टन्ट, स्थानीय झाकी तथा अन्यथुप्रै आकर्षक कार्यक्रमहरुका साथ सम्पन्न भएको बैकले जानकारी दिएको छ ।  यो वार्षिक कार्यक्रमले जनचेताना जागरण गर्दै उज्यालो अभियानका लागि आवश्यक रकमको जोहो गर्दै उज्यालो अभियानले नेपालका विभिन्न ऐतिहासिक, वास्तुकला एवं पुरातात्विक स्थल एवं च्यारिटिसँग सम्बन्धित संघसंस्थाहरुमा सहयोग गर्दै आएको छ । गतवर्षहरुमा उज्यालो अभियानले बाग्तीपुल, पाटन दरबार स्क्वायर तथा भद्रकाली–सिंहदरबार क्षेत्र, गढीमाई मन्दिर–वारा, चण्डेश्वरी मन्दिर बनेपाआदि क्षेत्रमा सोलार लाइट जडान गरेको थियो ।