काठमाडौ चैत, २७–
नेपाल इन्भेष्टमेण्ट बैंकले काठमाडौंको पेप्सिकोला टाउन प्लानिङमा आफनो ७९ औं शाखा विस्तार गरेको छ । का.म.न.पा. वडा नं ३२, पुरानो सिनामंगल स्थित पेप्सिकोलाको टाउन प्लानिङमा बैंकले शाखा खोलेको हो । आजैबाट बैंकको परिसरभित्र एक सय १२ औ एटिएम पनि संचालनमा ल्याइएको बैकले जानकारी दिएको छ ।
बैंकका संचालकहरु प्रजन्यराज भण्डारी, सूर्यप्रकाशलाल श्रेष्ठ, निरन्जनलाल श्रेष्ठ, भुवनेश्वर प्रसाद शाह तथा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे लगायतको उपस्थितिमा शाखा तथा एटिएमको उद्घाटन गरिएको हो ।
बैंकले ग्रामिण क्षेत्रमाआफ्नो शाखाविस्तार गरेसंगै उपत्यकाको पूर्वी क्षेत्र पेप्सिकोलामा शाखा थप गरेको हो । सम्पूर्ण वित्तिय कारोबार हुने यस शाखामा स्थानीय माग अनुसार सानो, ठूलो सबै प्रकारको लकरको पनि व्यवस्था रहेको छ ।
हाल बैंकले काठमाण्डौं उपत्यकाभित्र २४ तथा उपत्यका बाहिर ५५ वटा शाखा संचालनमा ल्याएको छ । सात वटै प्रदेशका विभिन्न स्थानमा खोलिएका शाखा तथा १२ वटा एक्सटेन्सन काउन्टर, नौ वटा राजश्व संकलन केन्द्र, ५१ वटा शाखारहित बैंकिङ सेवा मार्फत बैंकले आफ्ना ग्राहक सन्तुष्टीलाई उच्चतम स्थान दिइरहेको छ । बैक अफ दि एयर पाँच पटक प्राप्त गरिसकेको बैंकले उत्कृष्ट सेवा तथा व्यवसायमा गरेकोे अब्बल प्रदर्शनका कारण युरोमनी अवार्ड प्राप्त गर्न सफल भएको छ । यसै बर्ष इक्रा नेपालद्धारा प्रदानगरिदै आएको क्रेडिट रेटिङ्गमा ए बाट ए प्लस ल्याई स्तरोन्ती गरेको छ ।