बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कृषि विकास बैंकद्वारा विपतमा परेका परिवारजनलाई आर्थिक सहयोग

बुधबार, चैत्र २७ २०७५

काठमाडौं चैत, २७–
कृषि बिकास बैकले विपतमा परेका परिवारजनहरुलाई आर्थिक सहयोग गरेको छ । बैंकले  यही चैत १७ गतेका दिन वारा÷पर्सा जिल्लामा अकस्मात आएको हावाहुरी÷हुण्डरी सहितको असिनापानीबाट ठूलो धनजनको क्षती भएको यस दुखदघडीमा पिढीतहरुको समयमा उद्धारका लागि नेपाल सरकारद्वारा गठित प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा १५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।  साथै उक्त विपतको कारणबाट ज्यान गुमाउनेहरु प्रति चिर शान्तिको कामना गर्दै, घाईतेहरुको शिघ्र स्वास्थ्यको लाभको कामना समेत गरेको छ ।