बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

प्रधानमन्त्री ओलीले हिउँदे अधिवेशनको पहिलो दिन सम्बोधन गर्ने

आइतबार, माघ १३ २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को हिउँदे अधिवेशनको पहिलो दिन सम्बोधन गर्ने भएका छन् । सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने सत्तापक्ष दलका प्रमुख सचेतकहरूसँग छलफलमा यस्तो बताएका हुन् ।

सिंहदरबार स्थित सभामुखको कार्यकक्षमा भएको छलफलमा उपसभामुख इन्दिरा रानामगरसहित एमालेका मुख्य सचेक महेश बर्तौला तथा कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे उपस्थित रहेका थियो ।

हिउँदे अधिवेशनबारे सभामुख घिमिरेले आजै प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतकसँग पनि छलफल गर्नेछन् ।