बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अवैध लागूऔषध सहित पाँच जना पक्राउ

आइतबार, माघ १३ २०८१

काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका–१ आँपगाछी बस्ने २७ वर्षीय दुर्गेश चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ५० मिलिग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरी र सामुदायिक प्रहरी पोष्ट शान्तिझोडाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका–३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ६० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–८ बस्ने २४ वर्षीया ललिता राना र २४ वर्षीया मनिता चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले से.६ प ६०४५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

दाङको तुल्सीपुर उपमहानगरपालिका–६ घोराहीरोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित सोही उपमहानगरपालिका–६ गाइडर बस्ने २१ वर्षीय सन्तोष बिकलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुल्सीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सिराहाको मिर्चैया नगरपालिका–६ भगतपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७५ मिलिग्राम सहित सोही नगरपालिका–५ बस्ने २९ वर्षीय भोला पंजियारलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।