बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार तीनजनाको मृत्यु

मंगलबार, चैत्र २६ २०७५

सिरहा चैत, २६–
सिरहामा ट्रकको ठक्करबाट तीनजनाको ज्यान गएको छ । लहान नगरपालिका १३ भोटियाटोल चौक नजिक पूर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिमतर्फ बिस्कुट बोकी जादै गरेको ना ३ ख ७७७४ नम्बरको ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तीनजनाको ज्यान गएको हो । 

लहान प्रहरीका अनुसार  स ९ प ७३७८ नम्बरको मोटरसाइकलमा सवार   उनीहरुको घटनास्थलमै ज्यान गएको हो । 
ज्यान गुमाउनेमा लहान नगरपालिका ४ बस्ने वर्ष २६ का कृष्णा सहनी, वर्ष २६ का शिव कुमार सहनी र वर्ष २५ का मनोज मण्डल छन् । 

शवलाई पोष्टमार्टम लागि लहान स्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा राखिएको छ ।

ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिइ  अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।