काठमाडौं चैत, २६–
काठमाडौंको नयाँ वसपार्कबाट चोरीको गाडीसहित एकजना पक्राउ परेका छन् । सोमबार राती प्रहरीले नयाँबसपार्कस्थित आकाशेपुल मुनिबाट ललितपुर, महालक्ष्मी नगरपालिका–१४ बस्ने कमल महर्जनलाई बा.६ च ४४२५ नम्बरको डिआई गाडीसहित पक्राउ गरेको हो । महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले ललितपुर ग्वार्कोबाट चोरी भएको सो गाडी नियन्त्रणमा लिएको हो । जाँच गर्ने क्रममा नयाँ बसपार्क नजिकैको माछापोखरीबाट बिजि मलतर्फ जाँदै गरेको गाडीलाई प्रहरीले पिछा गरेको थियो । प्रहरीले गाडी कसरी चोरियो भन्ने सम्बन्धमा अनुसन्धान भैरहेको जनाएको छ ।