मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

अखिल (क्रान्तिकारी) को अध्यक्षमा ६ जनाको उम्मेदवारी

९ पद रहेको उपमहासचिवमा ३० जना उम्मेदवार

बुधबार, माघ ९ २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)को अध्यक्षलगायतको उम्मेदवार टुङ्गिएको छ ।

उम्मेदवारी मनोनयनका लागि तोकिएको निर्धारित समयमा ६ जना निवर्तमान उपमहासचिवले अध्यक्षका लागि उम्मेदवारी दिएका छन् । निर्वाचन समितिका अनुसार सुदिन पौडेल,हेमन्त राई, उपदेशकुमार यादव,  विजयप्रकाश शर्मा, विश्वमणि थापा र योगेन्द्र बुढाको अध्यक्षमा उम्मेदवारी परेको छ ।

त्यस्तै, महासचिव पदमा श्याम रोक्का, पदमप्रसाद काफ्ले, प्रतीक कार्की, रोशन थापामगर, रोशन खड्का, गोविन्द बानिया, सन्जिव फुयाँल, तिर्सना हमाल, शिव बस्नेत र संजयकुमार महतोले उम्मेद्वारी दर्ता गराएका छन् । ९ पद रहेको उपमहासचिवमा ३० जनाको उम्मेदवारी परेको छ ।

निर्वाचन कार्यतालिकाअनुसार आउँदो शनिबार मतदान हुनेछ ।