मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

सुनको मूल्य तोलामा १ लाख ६० हजार पुग्यो

बुधबार, माघ ९ २०८१

 काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा १ लाख ६० हजार पुगेको छ । अघिल्लो दिनको तुलनामा १ हजार ९०० रुपैयाँ वृद्धि हुँदै छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार रुपैयाँ पुगेको हो।

मंगलबार सुनको मूल्य तोलामा १ लाख ५८ हजार १०० रुपैयाँ कायम भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिन तोलामा १ हजार ८७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर १ हजार ८९५ रुपैयाँ कायम भएको हो।