मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

डिशहोम ईन्टरनेट वार्षिक जडानमा थप ३ महिनाको बोनससहित नि:शुल्क फाइभ-जी राउटर अफर

मंगलबार, माघ ८ २०८१

काठमाडौं । डिशहोमले आफ्नो सबै ईन्टरनेट ग्राहकहरूलाई लक्षित गर्दै आफ्नो वार्षिक ईन्टरनेट सेवामा आकर्षक अफर सार्वजनिक गरेको छ। कम्पनीले सबै इन्टरनेट प्याकेजहरूमा थप ३ महिनाको बोनस सहीत नि:शुल्क राउटरको अफर ल्याएको छ।

यसै अवसरमा आफ्नो नयाँ तथा पुराना ग्राहकहरूको लागि यो अफर सार्वजनिक गरिएको हो। पुराना ग्राहकहरूले आफ्नो वार्षिक प्याकेज रिचार्ज गर्दा र नयाँ ग्राहकहरूले वार्षिक इन्टरनेट जडान गर्दा यो अफरको फाइदा लिन सक्नेछन्।

नयाँ जडान गर्न चाहने वा आफ्नो प्याकेज रिचार्ज गर्न चाहने ग्राहकहरूले आफ्नै नजिकको डिशहोमको अधिकारिक डिलरसँग सम्पर्क गरी यो अफरको फाईदा उठाउन सक्नेछन् ।